२०८१ कार्तिक २४ , शनिवार

समानुपातिक मतगणना अपडेटः कुन दलको कति ?

सुनाखरी न्युज/काठमाडौं ।

अहिलेसम्मको समानुपातिकतर्फ मतपरिणाम अनुसार, नेकपा एमाले सबैभन्दा बढी सिट पाउने दल बन्ने देखिएको छ । सोमबार बिहान १० बजेसम्म ९२ लाख ८९ हजार मत गन्दा एमालेले सबैभन्दा धेरै २५ लाख ३० हजार २१४ मत पाएको छ । यो मत अनुसार एमालेले ३५ सिट पाउने देखिएको छ ।

 

नेपाली कांग्रेसले समानुपातिकततर्फ २३ लाख ९६ हजार ९३ मत पाएको छ । यस आधारमा कांग्रेसले ३३ सिट पाउने छ । समानुपातिक तर्फको मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माओवादी केन्द्रभन्दा अगाडि छ । रास्वपाले १० लाख ६२ हजार ९८० र माओवादी केन्द्र १० लाख ६१ हजार २०० मत पाएका छन् । यस आधारमा दुवै दलले समान १५-१५ सिट पाउने देखिन्छ ।

 

त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले ८ र जनता समाजवादी पार्टी (जसपा) नेपालले ४ सिट पाउने सम्भावना छ । राप्रपाले ५ लाख ४५ हजार १८८ र जसपाले ३ लाख २४ हजार ३१० मत पाएका छन् ।