२०८१ आश्विन ६ , आइतवार

वरुण स्टार ‘भेडिया’को पहिलो विकेन्डमा साढे २८ करोड माथिको कमाई

सुनाखरी न्युज  /काठमाडौं – वरुण धवन र कृति सेनन अभिनीत फिल्म ‘भेडिया’ अजय देवगन स्टारर फिल्म ‘दृश्यम २’सँगको प्रतिस्पर्धाको बाबजूद पहिलो विकेन्ड सानदार रह्यो । फिल्मले तीन दिनमा २८ करोड ५५ लाखको सुखद् अंक जोडेको छ । फिल्मले पहिलो दिन ७ करोड ४८ लाख, दोस्रो दिन ९ करोड ५७ लाख र तेस्रो दिनमा ११ करोड ५० लाख कमायो ।

 

हिन्दीसँगै तमिल र तेलुगू भाषामा पनि एकसाथ प्रदर्शनमा आएको फिल्ममा वरुण धवन र कृति सेननका अलावा अभिषेक बनर्जी र दीपक डोबरियालको पनि महत्त्वपूर्ण भूमिका छ । कमेडी(हरर जनरामा निर्माण भएको फिल्मको भिएफएक्स र छायांकन पक्षको प्रशंसा भइरहेको छ भने वरुणले अभिनयमा वाहवाही बटुलेका छन् । दर्शकलाई यस फिल्मको कन्सेप्ट नवीन र पृथक लागेको छ ।

 

 

‘वर्ड अफ माउथ’ राम्रो मिलेका कारण ‘भेडिया’ले सोमवार पनि सुखद् कमाई गर्ने आँकलन गरिएको छ । चौंथो दिनबाट फिल्मले ५र७ करोडको कमाईलाई जारी गरेको खण्डमा एक हप्तामा ६० करोडसम्म कमाई गर्न सक्नेछ । ‘भेडिया’ ६० करोडमै निर्माण भएको हो । यसहिसाबले यो फिल्म यस वर्षको हिट बन्ने सम्भावना प्रवल छ । अमर कौशिकले फिल्मको एक्सनकट गरेका हुन् ।