२०८१ मंसिर ९ , आइतवार

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन सोमबार दोहोरो अंकले घटेको छ । आज नेप्से १५.६१ अंकले घटेर एक हजार ९ सय ५० दशमलब ३७ विन्दुमा बन्द भएको हो ।

 

आइतबार नेप्से ३२.४३ अंकले बढेर एक हजार ९ सय ६५ दशमलब ९८ विन्दुमा बन्द भएको भएको थियो । त्यस्तै, आज शेयरबजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको । आज नेप्सेमा एक अर्ब ४९ करोड ४३ लाख रुपैयाँ बराबरको करोबार भएको छ । आइतबार नेप्सेमा २ अर्ब २ करोड ५४ लाख रुपैयाँ बराबरको करोबार भएको थियो ।

 

कारोबारमा आएका कम्पनीहरुमध्ये ३६ वटा कम्पनीको शेयरमुल्य बढेको छ भने १५१ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । खप्तड लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८.१८ प्रतिशतले बढेर प्रतिकित्ता ३४१.१० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार सिनर्जी पावर डेभलपमेन्ट र ओरेन्टल होटल्सको शेयरमूल्यमा सामान्य गिरावट भएको छ । यसको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यसको आज १६ करोड ४६ लाख भन्दा बढीको कारोबार भएको छ ।