२०८१ आश्विन ७ , सोमवार

कान जति कन्यायो उति चिलाउँछ

सुनाखरी न्युज/ काठमाडौं । वंशाणुगत कारणले जन्मेदेखि नै कान सुन्ने वा सुन्दै नसुन्ने हुनसक्छ । त्यस्ता बालबालिका ढिला बोल्ने हुनसक्छन् । उसको शारीरिक तथा मानसिक वृद्धि विकासमा पनि असर गरिरहेको हुन्छ । कानको जालीमा प्वाल, संक्रमण, कानको हड्डीभित्र जाम हुँदा, कानको सुन्ने नसा विभिन्न कारणले समस्या, हामीले प्रयोग गर्ने केही औषधिले पनि कान सुन्ने क्षमता कम गर्छ ।

श्रवणशक्ति बिग्रिन नदिन वा बढाउन खानपान र जीवनशैली कति जिम्मेवार हुन्छ ?

श्रवणशक्ति बढाउन वा कायम राख्नमा हाम्रो खानपान, जीवनशैली जिम्मेवार हुन्छ । कानको सुन्ने क्षमता कायम राख्न हामीले कानलाई सुरक्षा दिने, खानपानमा बढी चिल्लो, पिरो कम खाने शरीरलाई जागरुक बनाइराख्ने गर्नुपर्छ ।

कान सुन्न छाड्दै गएपछि वा श्रवण शक्ति कमजोर भएपछि के उपचार गर्नुपर्छ ?

प्रविधिले फड्को मारेको युगमा कानको उपचारमा पनि नयाँ-नयाँ प्रविधि आइरहेका छन्, जसले जटिल उपचार पनि सम्भव भएको छ । सकेसम्म कानमा समस्या आउन नदिनु राम्रो हो ।