२०८१ आश्विन ७ , सोमवार

ग्यास र विद्युतीय गिजर कुन उपयोगी

सुनाखरी न्युज/ काठमाडौं ।तातो पानीका लागि अहिले बजारमा विभिन्न किसिमका गिजर पाइन्छ । जाडोयाममा नुहाउने कुरा गर्नासाथ हाम्रो जाँगर मर्छ । त्यसै त चिसो, त्यसमाथि नुहाउँदा ज्यान नै कठ्यांग्रिन्छ । यस्तो स्थितिमा के गर्ने ? विकल्प हो तातो पानी ।

तातो पानीका लागि अहिले बजारमा विभिन्न किसिमका गिजर पाइन्छ । त्यसमा पनि ग्यास र विद्युतीय गिजर प्रचलनमा छ । यीमध्ये कुन गिजर उपयोगी ? कुन गिजर बढी किफायती ? कुन गिजरको बजार मूल्य कति ?

 

ग्यास गिजर कि विद्युतीय गिजर उचित ?

तातो पानीको लागि ग्यास र विद्युतीय दुवै गिजर उपयुक्त हुन्छ । कतिपयलाई ग्यास गिजर मन पर्न सक्छ, अनि कतिपयलाई इलेक्ट्रिक गिजर । तर पछिल्लो समय ग्यास गिजर भन्दा विद्युतीय गिजर बढी रुचाइएको छ । ‘ग्यास गिजरको लागि छुट्टै भेन्टिलेसन र ठूलो स्थानको आवश्यकता पर्ने भएकाले र विद्युतीय गिजर बढी रुचाइएको छ । विद्युतीय गिजर पनि सट हुने डर हुन्छ तर राम्ररी चलाउन जान्यो भने दुवै सुरक्षित नै छन् ।’