सुनाखरी न्युज/ काठमाडौं । माछापुच्छ्रे बैंकको संचालक समितिको अध्यक्षमा डा उपेन्द्र महतो नियुक्त भएका छन् ।
बैकको सोमबार बसेको ४७२ औ संचालक समितिको बैंठकले डा महतोलाई उक्त पदमा नियुक्त गरेको छ । बैंकका निर्वतमान अध्यक्ष डा विरेन्द्र महतोले दिएको राजीनामा स्वीकृत गर्दै डा उपेन्द्र महतोलाई नयाँ अध्यक्षमा चयन गरेको बैंकले जनाएको छ ।
गैर आवासिय संघका संस्थापक अध्यक्ष समेत रहेका डा उपेन्द्र महतो नेपालका एक सफल उद्यमी हुन् ।