२०८१ आश्विन ६ , आइतवार

कुन फिल्ममा देखिँदैछन् ‘आरआरआर’ का अभिनेता राम चरण

सुनाखरी न्युज/ दक्षिण भारतीय अभिनेता राम चरण निर्देशक बुची बाबु सानाको फिल्ममा देखिने भएका छन्। सोमबार एक पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माण घोषणा गरिएको हो। अभिनेता राम चरणले पोस्टर सार्वजनिक गर्दै फिल्मबारे जानकारी दिएका हुन्।

 

उनले ट्वीट गर्दै लेखेका छन्। ‘बुची बाबु साना र पूरै टिमसँग काम गर्नको लागि उत्साहित छु,’यो प्यान इन्डियाको फिल्म हो। फिल्ममा वेंकटेश सतीश किलारुको लगनी रहनेछ। यो फिल्मको छायांकन डिसेम्बरबाट सुरु हुनेछ। ‘आरआरआर’ पछि राम चरण फिल्म ‘आचार्य’ मा देखिएका थिए। कोरताला शिवाले निर्देशन गरेको फिल्म बक्स अफिसमा फ्लप भयो।

 

यतिबेला राम चरण शंकरको फिल्म ‘आरसी १५’ मा व्यस्त छन्। उक्त फिल्मको छायांकन न्युजिल्याण्डमा भइरहेको छ।
त्यस्तै उनी सुकुमारको निर्देशनमा बन्ने फिल्ममा पनि देखिनेछन्।