२०८१ मंसिर ९ , आइतवार

नेपाल एसबीआई बैंकको लाभांश घोषणा

सुनाखरी न्युज/ काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको छ।

 

बैंक सञ्चालक समितिको सोमबार बेलुका बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी ९ अर्ब ८२ करोड ५८ लाख ५३ हजार ११३ रुपैयाँको कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा ३ प्रतिशत बोनस सेयर र ७.५३ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी २९ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।