सुनाखरी न्युज/ काठमाडौं । घरलाई चिरिच्याट्ट बनाउन अनेक विधि अपनाउने गरिएको छ । घरको भित्तामा थरीथरीका रंगरोगन गर्ने, पेन्टिङ राख्ने प्रचलन नयाँ होइन । घरलाई चिरिच्याट्ट बनाउन यस्ता अनेक विधि अपनाउने गरिएको छ । यसैको सिलसिला हो, वालपेपर पनि ।
भित्तामा रंगरोगन लगाउन साटो वालपेपर टाँस्ने क्रम बढ्दो छ । यद्यपि कस्तो घर वा कोठामा कुन डिजाइनको वालपेपर राख्ने, कसरी टाँस्ने, यसलाई टाँसेपछि कति वर्षसम्म टिक्छ, वालपेपर उप्काउनु परेमा भित्ताको रंग बिग्रिन्छ वा बिग्रिंदैन ? वालपेपर राख्दा सबै भित्तामा धेरै बुट्टे र भद्दा खालको राख्नु हुँदैन । कोठामा पहिले नै कलर गरेको छ पछि वाल पेपर टाँस्न मन लाग्यो भने झ्याल नभएको भित्तामा टाँस्नुपर्छ । वाल पेपर टाँस्दा भित्ता राम्ररी छोपिने गरी टाँस्नुपर्छ ।
वालपेपरको डिजाइन
वालपेपरको मुख्य विशेषता भनेकै यो विभिन्न कलर र डिजाइनमा पाउनु न हो । बैठक कोठा र शयन कक्षको भित्तालाई आकर्षक बनाउन विभिन्न फूल, प्राकृतिक दृश्यहरू रहेको डिजाइनमा वालपेपर पाउन सकिन्छ । यो बाहेक आफ्नो इच्छा अनुसारका वालपेपर बजारमा छनोट गर्न सकिन्छ ।