सुनाखरी न्युज/ काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालि र एभरेष्ट बैंक लिमिटेडबीच ऋण दिने सम्बन्धमा सम्झौता भएको छ। टाटा मोटर्सको विद्युतीय गाडी खरिद गर्ने ग्राहकका लागि ८० प्रतिशतसम्म सवारी कर्जा उपलब्ध गराउने सम्बन्धमा सिप्रदी र बैंकबीच सम्झौता भएको हो।
नेपालका लागि टाटा मोटर्सले नेक्सन र टिगोर विद्युतीय गाडी बिक्री गर्दै आइरहेको छ। सम्झौता अनुसार टाटा मोटर्सबाट विद्युतीय सवारी साधन खरिद गर्न चाहने कुनै पनि व्यक्ति वा संस्थाले एभरेष्ट बैंकका सबै शाखाबाट १२.८ प्रतिशत ब्याजदरमा कर्जा सुविधा पाउनेछन्। यस्तो कर्जा अवधि ७ वर्षको हुने कम्पनीले बताएको छ।
सवारी साधनको कुल लागतको ८० प्रतिशतसम्म बैंकले ऋण दिने जनाएकाे छ। नेपाल राष्ट्र बैंकको सम्बन्धित निर्देशन र निर्देशिका बमोजिम ऋण प्रवाह हुने समेत बैंकले बताएको छ।