२०८१ पुष २७ , शनिवार

यसो गर्नुहोस तौल बढाउन

सुनाखरी न्युज/ काठमाडौं । दुब्लो पातलो व्यक्तिले शरीरको तौल बढाउन सन्तुलित दिनचर्या, खानपान र व्यायाममा ध्यान दिनुपर्छ । सबैभन्दा महत्वपूर्ण डाइट प्लान बनाउनुपर्छ ।बिहानको नास्ता, खाना, फेरि नास्ता, साँझको खाना आदिमा सन्तुलन मिलाउन जरुरी हुन्छ ।

 

दुब्लो–पातलो ज्यान भएपछि लुगाफाटो पनि नमिल्ने । शरीर सुहाउँदिलो नदेखिने । तर दुब्लो पातलो हुनुको दुःख त्यति मात्र छैन । चिकित्सक पनि अस्वभाविक दुब्लोपनलाई राम्रो मान्दैनन् । किनभने उचाइ अनुरुप मान्छेको आदर्श तौल तय गरिएको हुन्छ, जसको सही अनुपात नै स्वस्थ शरीरको सूचक हो । तर अस्वभाविक दुब्लोपन मान्छेको स्वास्थमा कुनै गडबडी पो छ कि भनेर संशय जन्माइदिन्छ ।

 

दुब्लो पातलो व्यक्तिले शरीरको तौल बढाउन सन्तुलित दिनचर्या, खानपान र व्यायाममा ध्यान दिनुपर्छ । र, सबैभन्दा महत्वपूर्ण डाइट प्लान बनाउनुपर्छ ।यसका लागि स्वस्थ क्यालोरीयुक्त खाना दिनको पाँच पटक खानुपर्छ । सकेसम्म जंकफुड, फास्टफुड, कोल्ड ड्रिंक नखाने । यस्तो खाना खाएपछि पेट त भरिन्छ, तर शरीरलाई जरुरी पोषण प्राप्त हुँदैन । यी खानेकुरासँगै दैनिक पाँच लिटर पानी पिउनु उचित हुन्छ ।