सुनाखरी न्युज/काठमाडौं। माला खादाले अनुहारसम्मै ढाकेको तस्वीर उनीहरुले सगौरव आफ्ना आधिकारिक समाजिक सञ्जालमार्फत पोष्टिए ।त्यसलाई उनीहरु जनताले मान दिएको र जनतमत आफ्नै पक्षमा रहेको देखाएर चुनाव प्रभावित पार्ने कोसिस गरे । यो क्रम चुनाव सकिएपछि पनि रोकिएको छैन ।जितेकाहरु मतदातालाई धन्यवाद टक्र्याउने नाममा फेरि गाउँघरतिर माला र खादै थाप्दै छन् ।यस्तोमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि अगाडि नै छन् । फराकिलो अन्तरले चुनाव जितेर कीर्तिमान बनाउने लक्ष्य लिएर गोरखामा चुनाव लड्न पुगेका प्रचण्डले चुनावी दौरानका क्रममा अनुहार नै छोपिने गरि मालाको भारी बोके ।
फराकिलो अन्तरले चुनाव जितेर कीर्तिमान बनाउने लक्ष्य लिएर गोरखामा चुनाव लड्न पुगेका प्रचण्डले चुनावी दौरानका क्रममा अनुहार नै छोपिने गरि मालाको भारी बोके ।प्रचण्डले चुनाव जिते तर लक्ष्य अनुसारको मत पाएनन् । २०७४ सालको चुनावको तुलनामा माओवादीकाे सिट घटेको छ । तर प्रचण्डले खादा र माला लगाउने क्रम चुनावपछि पनि रोकिएको छैन ।अझ भनौं संसदमा माओवादीको तौल घटेको छ तर प्रचण्डले लगाउने माला र खादाको तौल बढेको बढ्यै छ ।खुमलटारमै पुगेर कार्यकर्ता र शुभचिन्तकले लगाइदिएको मालाखादाले प्रचण्ड छपक्कै छोपिए । माला खादा लगाइदिनेले तस्वीर पनि खिचेर सार्वजनिक गरिरहेका छन् ।
आफ्ना नेताको गलामा नसुहाउँदा माला खादा देखेपछि माओवादी नेताहरुले नै टिप्पणी गरे । चौतर्फी आलोचना हुन थालेपछि प्रचण्डको सचिवालयले सूचना नै जारी गर्दै खादा माला र समयको बर्बादी नगरी केही सुझाव भए इमेलमा पठाउन आग्रह गरेको छ ।