२०८१ मंसिर ११ , मंगलबार

काठमाडौँमा पहिलो डिजिटल स्वास्थ्य सम्मेलन सम्पन्न

सुनाखरी न्युज/काठमाडौं । काठमाडौँमा मंगलबार डिजिटल स्वास्थ्य सम्मेलन सम्पन्न भएको छ । मंसिर १२ र १३ गते २ दिन सम्म आयोजना भएको सो सम्मेलन नेपालमा पहिलो पटक आयोजना भएको हो ।

 

वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित ईलर्निङ तथा टेलिमेडिसिन युनिटको आयोजनामा सो सम्मेलन आयोजना भएको थियो । प्रतिष्ठानले स्विजरल्याण्डस्थित जेनेभा विश्वविद्यालय रडिजिटल हेल्थहबसँगको सहकार्यमा सम्मेलन आयोजना गरेको हो । सम्मेलनको उद्घाटन गर्दै स्वास्थ्यतथा जनसंख्या मन्त्रि भवानी प्रसाद खापुङले डिजिटल स्वास्थ्य सेवामुलुक र जनताका लागि अत्यन्त आवश्यक रहेको र यसको प्रवद्र्धनमा वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले उल्लेखनीय भूमिका खेलेको भन्दै प्रशंसा गर्नु भयो ।

 

साथै उहाँले डिजिटल स्वास्थ्य सेवालाई अझ परिस्कृत र प्रभावकारी बनाउन खाँचो रहेको औँल्याउनु भयो । कार्यक्रमका अर्का अतीथि नेपालका लागि स्विस राजदुत एलिजाबेथ भोन क्यापेलरले यस खालका सम्मेलनले सिकाई आदनप्रदान सँगै भावी कार्ययोजना निर्माणका लागि दिशा निर्देश गर्ने बताउँदै आयोजकलाई धन्यवाद प्रकट गर्नु भयो । साथै उहाँले यस्ताखालका रचनात्मक कार्यलाई निरन्तरता दिनु पर्नेमा जोड दिनुभयो ।

 

सम्मेलनमा स्विजरल्याण्ड, जापान, अष्ट्रेलिया र भारतसँगै नेपालका सरकारी तथा गैरसरकारी क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहेको र ३० भन्दा बढि कार्यपत्र प्रस्तुत भएको सम्मेलन आयोजक समितिका सचिवडा. परमेन्द्र प्रसाद गुप्ताले जानकारी दिनुभयो । सम्मेलनको आयोजनाले डिजिटल स्वास्थ्य नीतिलाई सहि मार्गनिर्देश गर्न सहयोग पु¥याउने सम्मेलन आयोजक समितिका अध्यक्ष प्रा. डा. नरेन्द्र भट्टले दावी गर्नु भयो ।