२०८१ आश्विन ६ , आइतवार

खड्का मिस इन्टरनेसनलको फिनालेमा भाग लिन जापान प्रस्थान

सुनाखरी न्युज/ काठमाडौं । इन्टरनेसनलको फिनालेमा भाग लिन मिस नेपाल न्यान्सी खड्का जापानतर्फ प्रस्थान गरेकी छन् । मंगलबार राती उनी नेपाल वायुसेवा निगमको जहाज हुँदै टोकियोतर्फ प्रस्थान गरेकी हुन ।

 

उनीसँगै मिस नेपाल आयोजक द हिडन ट्रेजरका निर्देशक सुवर्ण क्षेत्री पनि त्यसतर्फ प्रस्थान गरेका छन् । न्यान्सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिडन ट्रेजरका पदाधिकारीले शुभकामनासहित बिदाइ गरे । डिसेम्बर १३ मा टोकियोमा पेजेन्टको ६० औं संस्करणको ग्राण्ड फिनाले आयोजना हुँदैछ ।कोरोना महामारीको कारण यसअघि दुईवर्ष भर्चुअलरुपमा भएको पेजेन्ट यसपटक भौतिकरुपमा हुन लागेको हो । ६८ मुलुकका सुन्दरीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

 

मंगलबार बेलुका फिलिपिन्सको मनिलामा भएको मिस अर्थ प्रतिस्पर्धामा मिस नेपाल अर्थ सरिशा श्रेष्ठको इको–भिडियो एसिया महादेशमै उत्कृष्ट भएको थियो । विश्व सुन्दरी प्रतियोगिता (मिस वर्ल्ड)को आयोजना स्थल चाहिँ अहिलेसम्म तय भैसकेको छैन ।