२०८१ पुष २७ , शनिवार

पाँच दिनदेखि टुकीको भरमा

सुनाखरी न्युज/ काठमाडौं । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका र सोताङ गाउँपालिका क्षेत्रका बासिन्दा पाँच दिनदेखि अन्धकारमा रात कटाउन बाध्य छन् ।

 

एक हजार एक सयभन्दा बढी परिवार अन्धकारमा बस्न बाध्य छन् ।महाकुलुङ गाउँपालिका–५ चाचालुङस्थित बुदुमखोला लघुजलविद्युत् आयोजनाको मेसिनमा खराबी आएसँगै सो क्षेत्र बिजुलीबिहीन छ । महाकुलुङको वडा नं ४ र ५ तथा सोताङ गाउँपालिकाको ५ नाम्लुङ क्षेत्रमा बुदुमखोला लघुजलविद्युत् आयोजनाबाट विद्युत् सेवा उपलब्ध हुँदै आएको थियो । एक सय किलोवाट क्षमताको उक्त योजना अवरुद्ध भएसँगै सो क्षेत्रका बासिन्दा टुकीको भरमा बस्न बाध्य छन् ।

 

बिजुली नहुँदा सबैभन्दा बढी मारमा विद्यार्थी छन् । विद्यार्थी लाई पढ्न समस्या भएको छ । रेडियो तथा मोबाइल चार्ज गर्न नपाउँदा सञ्चार सेवाबाट समेत बञ्चित भएका छन् । विद्युत् सेवा पुनः सञ्चालन गर्न पहल भइरहेको विद्युत् उपभोक्ता समितिकाले बताए ।