सुनाखरी न्युज/ काठमाडौं । चामलको विकल्पमा धेरैले च्याख्ला खाने गर्छन् । उपलब्ध हुँदा मकैको च्याख्ला खानु पनि स्वास्थ्यको हिसाबले राम्रो हो । चामलबाट कार्बोहाइड्रेट, सागबाट भिटामिन मिनरल्स प्राप्त हुन्छ ।
चामलमा पनि शरीरलाई शक्ति दिने कार्बोहाइड्रेट पाइन्छ । च्याख्लामा धेरै फाइबर हुने भएकोले र यसमा भिटामिन ए, भिटामिन सी, एन्टिअक्सिडेन्ट पाइने भएकोले च्याख्ला खानु राम्रो हो ।चामल चटक्कै छाडेर च्याख्ला खाँदा शरीरलाई सिधै असर त गर्दैन । तर, मकैमा कतिपय अमिनो एसिडहरूको अभाव हुन्छ ।त्यसैले मकैको च्याख्लाले मात्र पोषण पुरा गर्दैन, हरियो सागपात, दाल, गेडागुडीसँग मिलाएर खानुपर्छ । जसरी हामी चामलको भात खाँदा जसरी दाल तरकारीसँग खान्छौ त्यसरी खाँदा कुनै असर पर्दैन ।
फाइबरको हिसाबले हेर्दा भने च्याख्लामा बढी हुन्छ त्यसैले उपलब्ध छ भने च्याख्ला खाँदा पनि हुन्छ । कति मात्रामा खाने त्यो बढी महत्त्वपूर्ण हुन्छ । प्रशस्त फाइबर भएकोले मोटोपना नियन्त्रण गर्न भने च्याख्ला चामल भन्दा उपयुक्त हुन्छ । एउटै खानेकुरा सबै रोगको लागि उपयुक्त हुँदैन परिस्थिति र रोग हेरेर फरक पर्न सक्छ ।