२०८१ आश्विन ६ , आइतवार

‘तिम्रो आँखामै हराएछु’ म्युजिक भिडियो सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं । गायिका मेलिना राई र गायक छवि न्यौपानेको स्वरमा रहेको नयाँ गीत ‘तिम्रो आँखामै हराएछु’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायक न्यौपानेको तिम्रो आँखामै हराएछु मेलिनासँगको दोस्रो सहकार्य हो । यसअघि उनले मेलिनासँग यो जुनीमा तिम्रो मा स्वर भरेका छन् ।

 

गौतम बुद्धको जन्मस्थल लुम्बिनमा छायांकन गरिएको भिडियोमा प्रेम र रोमान्सका रमाइला किस्साहरू देख्न सकिन्छ । भिडियोमा आलिसा बास्तोला र लोमश शर्माले अभिनय गरेका छन् । कुमार मिश्रको शब्द, कर्मा ग्याल्छेन बम्जनको संगीत र फणिन्द्र राईको एरेन्ज रहेको गीतको छायांकन सुन्दर नगरी बुटवलमा गरिएको हो । गौतम बुद्धको जन्मस्थल लुम्बिनमा छायांकन गरिएको भिडियोमा प्रेम र रोमान्सका रमाइला किस्साहरु देख्न सकिन्छ ।

जहाँ प्रेमी आफ्नो सुनौलो संसारकी राजकुमारीलाई आफ्नो आफ्नो जीवनमा नै सजाउने सपना देख्छन् र रमाउँछन् । प्रकाश धितालको निर्देशनमा तयार भएको भिडियोको छायांकन बुद्ध थापाले गरेका हुन् भने भिडियोको सम्पादन विकाश दाहालले गरेका हुन् ।