२०८१ पुष २७ , शनिवार

काखीको रौं सफा गर्न वाक्सिङ कि रेजर

सुनाखरी न्युज/ काठमाडौं । सौन्दर्यप्रति सचेत महिलाहरु काखीको रौं हटाउने गर्छन् । यसका लागि कतिले ब्लेडको प्रयोग गर्छन् भने कतिले हेयर रिमुभर क्रिमको ।

काखीको रौं सफा गर्दा सबैभन्दा राम्रो विधि भनेको वाक्सिङ नै हो । वाक्सिङ गरेपछि लामो अवधिसम्म रौं पलाउँदैन । छाला पनि मुलायम नै रहन्छ । वाक्सिङले रौंलाई लामो समयसम्म पलाउन नदिने मात्र होइन, नयाँ आउने रौं पनि पातलो बनाउँछ । वाक्स गर्दा अरुको सहयोग लिन सकिन्छ । ब्लेड र रेजरले सफा गर्दा कालो दाग बस्ने वा रौं बाक्लो पलाउने हुनसक्छ । प्रायः मान्छेले हतारमा ब्लेडले सफा गर्ने गर्छन् । यसले छिटो भए पनि पछि समस्या देखिन सक्छ । खासगरी रौं खौरिंदा छालाको संवेदनशील पहिलो तहलाई पनि यसले सोहोर्छ । यही कारण छाला कालो हुन्छ । रौं खौरिंदा जरामाथि मात्र काट्ने भएकाले फेरि उक्त रौंको टुसा पलाउँदा झन् बाक्लो भएर आउँछ ।

ब्लेड र रेजर प्रयोग गर्दा छालामा घाउ हुने डर पनि हुन्छ । काखीको रौं महिना दिनको अवधिमा सफा गर्दा हुन्छ । तर कसैकसैको भने छिटो रौं पलाउने भएकाले उनीहरुले आफ्नो अवस्था हेरेर सफा गर्न सक्छन् ।