२०८१ आश्विन ६ , आइतवार

सलमान नयाँ फिल्मको छायांकनमा व्यस्त

सुनाखरी न्युज / अभिनेता सलमान खान यतिबेला आफ्नो नयाँ फिल्म ‘किसीका भाइ किसीकी जान’को छायांकनमा छन । यो फिल्मको उनी चुपचाप छायांकन गरिरहेको छन् । उनी यति बेला हल्लाभन्दा काम गर्नमा व्यस्त छन् । यो फिल्मको छायांकन अन्तिम चरणमा छ । आफ्नो बिगतको कमी सुधार्दै केही फरक शैलीमा निर्माण भइरहेको यो फिल्म अब सन् २०२३ मा रिलिज गर्ने उनको कथन छ ।

 

सलमान खानले यस फिल्मबाट आफ्ना फ्यानलाई विशेष उपहार दिन लागेको बताएका छन । यो फिल्मको छायाकन सकेर प्रचारप्रचारका लागि फिल्मको घोषणा गरिने भएको छ । यस फिल्ममा सलमान खानको नायिकामा पूजा हेगडे छिन । सलमानसँग पूजा पहिलोपटक पर्दामा प्रस्तुत हुँदै छिन ।