२०८१ पुष १२ , शुक्रवार

ब्राजिललाई हराए पनि बाहिरियो क्यामरुन, स्विट्जरल्यान्ड अन्तिम १६ मा

सुनाखरी न्युज/काठमाडौं ।
फिफा विश्वकप २०२२ को समूह चरणका खेल सकिएका छन्। समूह ‘जी’ का अन्तिम दुई खेलसँगै समूह चरणका खेल सकिएका हुन्।

अन्तिम खेलमा क्यामरुनले ब्राजिललाई १(० गोलले हराउँदा सर्वियामाथि स्विट्जरल्यान्डले ३-२ गोलको जित निकाल्यो।

ब्राजिलविरुद्ध क्यामरुनका भिसेन्ट अबाउबाकारले खेलको अन्त्यतिर गोल गरेका थिए। गोल गरेको अर्को मिनेटमा उनी रातो कार्ड खाँदै मैदान बाहिरिन बाध्य भएका थिए।

समूहमा अन्तिम खेलमा पराजित भए पनि ब्राजिल समूह विजेता बनेर अन्तिम १६ मा पुग्यो। ब्राजिलले यसअघि दुई खेलमा जित निकालेर ६ अंक जोडेर अन्तिम १६ मा स्थान बनाएको थियो।

भ्कभधबलष्अ
अन्तिम खेलमा जित निकालेको स्विट्जरल्यानडले पनि ६ अंक नै जोड्यो। गोलअन्तरमा पछि परेको स्विट्जरल्यान्ड समूह उपविजेता बनेर अन्तिम १६ मा पुग्न सफल भयो।

अन्तिम खेलमा जित निकालेको क्यामरुनले चार अंक जोड्यो। समूहमा तेस्रो भएको क्यामरुनलाई अन्तिम खेलमा हात पारेको जित पर्याप्त हुन सकेन। उसलाई अन्तिम १६ मा पुग्न स्विट्जरल्यान्डले अंक गुमाउनु पर्ने अवस्था थियो। यता सर्विया भने एक अंकसहित पुछारमा रह्यो।

अन्तिम १६ का खेल
नेदरल्याण्ड्स भर्सेस अमेरिका
अर्जेन्टिना भर्सेस अस्ट्रेलिया
फ्रान्स भर्सेस पोल्याण्ड
इंग्ल्याण्ड भर्सेस सेनेगल
जापान भर्सेस क्रोएसिया
ब्राजिल भर्सेस दक्षिण कोरिया
मोरक्को भर्सेस स्पेन
पोर्चुगल भर्सेस स्विट्जरल्याण्ड