२०८१ पुष २७ , शनिवार

मिडिया र मनोरञ्जन क्षेत्रको विषयमा २ दिने छलफल सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं । मिडिया र मनोरञ्जन क्षेत्रको विषयमा २ दिने छलफल तथा अन्तरत्रियात्कम कार्यक्रमसफलता पुर्वक सम्पन्न भएको छ ।

 

एसबि सर्भिसेस, मिडिया इन्टरटेरिमेन्ट स्किल काउन्सिल र पुर्वाञ्चल विश्व विद्यालयले विहिबार र शुक्रबार राजधानी काठमाडौंको होटल एभरेष्टमा आयोजना गरेको ‘राउण्ड टेवल डिस्कसन अन एकेडेमिया इन्डस्ट्री एलायन्स इन मिडिया एण्ड इन्टरटेनिमेन्ट सेक्टर’ कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न विज्ञहरुले नेपालको मिडिया र चलचित्र क्षेत्रको विकाशका लागि गर्नुपर्ने कामहरुको बारेमा चर्चा गरेका थिए । कार्यक्रमको समापन गर्दै बलिउड डाइरेक्टर पद्यश्री रमेश सिप्पीले कार्यक्रम निकै फलदायी भएको आफुले अनुभव गरेको बताए ।

 

‘नेपाल र भारत समान धर्म संकृती भएको देश हो । हामी दुवै देशका भावना तथा कथालाई समेट्नेगरी काम गर्न सक्छौं । म यो पटक नेपाल आउदा जती सोचेको थिए त्यो भन्दा उपलब्धी भएको महसुस गरेको छु,’ उनले भने । नेपाल र भारत दुवै संस्कृतिक रुपमा धनी भएकाले दुवै देशले मिलेर अघि बढ्न सकेमा मिडिया र इन्टटेनिमेन्ट क्षेत्रमा धेरै अघि बढ्न सकिने मिडिया एण्ड इन्टरटेनिमेन्ट स्किल काउन्सिल सीईओमोहित सोनीले बताए । उनले यसको लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्न तयार भएको समेत स्पष्ट पारे । शैक्षिक क्षेत्रबाट संचार र मनोरञ्ज क्षेत्रमा धेरै प्रगती गर्न सकिने त्रिभुवन विश्वविद्यालयका इनोभेसन आईटी सेन्टरका निर्देशक सुवर्ण शाक्यले बताए ।

 

‘ दक्ष जनशक्ती उत्पादन गर्न नेपालका विश्वविद्यालयसँग सहकार्य गर्न पनि सकिन्छ । यो क्षेत्रका सबै विज्ञ तथा उद्योगीहरूलाई विश्वविद्यालयहरूमा इन्क्युबेशन सेन्टरहरू स्थापना गर्न म हरसम्भव प्रयास गर्छु । यसका लागि हामीलाई पिपिपि मोडल राम्रो हुन्छ,’ शाक्यले भने । आफुहरुले विद्यार्थी, कलेज, अनुसन्धानकर्ता र उद्योगहरूलाई प्रविधीमा जोड्न चाहेको आइएमएसके डट नेटका संस्थापक जय नरेशले बताए । ‘महत्वपुर्ण सम्भावनाहरुका कारण आज सबैले मेटावर्सको बारेमा कुरा गरिरहेका छन ्। यो ट्रिलियन डलरको उद्योग हो । मेटाभर्समा काम गरेका साना कम्पनीहरूको पनि बिलियन डलरको मूल्य छ,’ उनले भने ।
भिआरको मद्धतले मनोरञ्जन मात्र मात्र नभई शिक्षा, अटोमोवाइल, निमार्ण, स्वास्थ्य लगायतको क्षेत्रमा पनि धेरै मद्धत गर्न सक्ने उनले स्पष्ट पारे ।

 

आफुहरुले नेपालका स्टुडियोबाट आउटसोर्सिङ गर्न चाहेको र नेपालका स्टुडियोहरुसगँ सहकार्य गर्न पाउँदा धेरै खुसी लाग्ने टुल्ज एनिमेसन इन्डिया प्रालीका कार्यकारी निर्देशकशशी कुमार बताउछन् ।‘हामी हरेक वर्ष ६ देखि ८ हजार मिनेटको कन्टेन्ट विकास गरिरहेका छौं । यसका हामी नेपालसगैँ अघि बढ्न सक्छौं,’ उनले भने । पछिल्लो समय नेपालमा एनिमेसन र भिएफएक्सकोप्रयोग धेरै बढीरहेकाले अवसरहरुपनि धेरै रहेको सह–संस्थापक हाइब्रिड ३६० आर्ट टेक प्रालिका निर्देशक जि बालचन्द्र बताउछन् । ‘हामीले यीकाम नेपालबाट आउट सोर्सिङ गर्न सक्छौं । त्यसबाट नेपालमा राम्रो वैदेशिक लगानी भित्राउन सकिन्छ । यहाँ यूवाहरुको संङ्ख्या ४० प्रतिशत(१६देखि ३५ वर्ष) र यहाँको साक्षरता दर ६७ प्रतिशत भन्दा धेरै भएकाले नेपालमा यसको सम्भावना धेरै छ । यो क्षेत्रमा अघि बढ्न विद्यार्थीहरूको लागि सही तालिम र सीपहरू प्रदान गर्नु पर्छ,’ उनले भने ।

 

भारत पहिले नै एआर र भिआरको हब बनिसकेको र नेपालमा पनि यसको प्रचुर सम्भावना भएको प्रिसाइजका सीईओसरथ कुमार बताउछन् । ‘नेपालमा तुलनात्मक रुपमा कम लागत हुने भएकाले राम्रो सम्भावना देखिएको हो । हामीले अहिलेदेखिनै विद्यार्थीहरूका लागि इन्क्युबेशन सेन्टर स्थापना गरेर सिक्न र कमाउन वातावरण बनाउन सक्छौं,’ उनले भने । नेपालमा प्राकृतिक सुन्दरतासगैँ एआर र भिआरका क्षेत्रमा पनि धेरै राम्रो गर्न सक्ने निचानी फिल्म्स अमरलाल जी निचानी बताउछन् । ‘नेपालले अहिले यो क्षेत्रमा खास्सै राम्रो गर्न नसकेको भएपनि भविस्यमा निकै राम्रो सम्भावना छ,’ उनले भने ।

नेपालको फिल्मी क्षेत्र विकाशका लागि यो छलफल निकै महत्वपुर्ण सावित हुने चलचित्र निर्माता तथा नेपाल उद्योग वाणिज्य महासघंका सदस्यआकाश अधिकारी बताउछन् । ‘ हामी नेपालको फिल्म बजार सुधार्ने बाटो खोजिरहेका छौं । यसको लागि हामी तपाईहरुको शिपर क्षमता निकै महत्वपुर्ण हुनेछ । त्यसैगरी तपाईहरुलाई पनि हामी कुनै पनि प्रकारको सहयोग गर्न तयार छौं । एआर भिआरले नेपालको पर्यटन क्षेत्रमा धेरै परिर्वतन ल्याउन सक्ने नेपाल उद्योग वाणिज्य महासघं सदस्य ज्योत्सना श्रेष्ठले बताइन । ‘हामीले यसको मद्धतले संसारभरीका मान्छेलाई हाम्रो पर्यटकिय क्षेत्रको बारेमा जानकारी दिन सक्छौं । नेपालको पर्यटन क्षेत्रमा अझै पनि धेरै कुरा खोज्न बाकीँ छ,’ उनले भनिन् ।

 

त्यस्तै कार्यक्रमको पहिलो दिन पनि विभिन्न वक्ताहरुले आफ्नो विचार राखेका थिए । यस दिनपनि बलिउड निर्देशक पद्यश्री रेमेश सिप्पी, एसबी सर्भिसेस प्रालीका अपरेसनन डाइरेक्टर अशोक कुमार, प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले, मिडिया एण्ड इन्टटेनिमेन्ट स्किल काउन्सिलका, भारतका प्रमुख कार्यकारी अधिकारी मोहित सोनी, पुर्व मन्त्री गणेश साहले, टुन्ज एनिमेसनका कार्यकारी निर्देशक शसी कुमार,प्राइम फोकसका अभिषेक, अभिनेत्रीकिरण जटेजा, प्रिसाइजका सीईओ सरथ कुमार रशिक्षा विज्ञान तथा प्रविधी मन्त्रमलयकी सचिव प्रमिला देवी शाक्य बज्राचार्यले मन्तब्य राखेका थिए ।