सुनाखरी न्युज/ काठमाडौं । बस दुर्घटना हुँदा खोटाङमा चार जना घाइते भएका छन् । साकेला गाउँपालिका–४ मात्तिम मानेभञ्ज्याङबाट दिक्तेल जाँदै गरेको बा ३ ख १८९५ नम्बरको बस साकेला गाउँपालिका–४ मात्तिम बिर्ताको कामिसरामा पल्टिँदा सहचालक सहित चार जना घाईते भएका हुन् ।
ब्रेक फेल भएर सडकमा बस पल्टिँदा साकेला गाउँपालिका–३ खिदिमाका दीपेन्द्र तामाङ, कल्पना राई, ऐसेलुखर्क गाउँपालिकाकी इन्दिरा पुरी र शारदा नगरपालिका सल्यानका सहचालक मिलन मगर घाईते भएका हुन् । टाउँको, कान लगायतका ठाउँमा चोटपटक लागेका घाइतेलाई घट्नास्थलमै स्वास्थ्यकर्मी बोलाएर प्राथमिक उपचार गरिएको छ । घाइतेको अवस्था सामान्य रहेको छ ।
ब्रेक पाईप फुटेपछि हावा लिक भएर बस पल्टिएको चालक सुदन बिकले बताए । चालक र सहचालक सहित पाँच जना सवार बस सडकमै पल्टिएको छ ।