२०८१ पुष २७ , शनिवार

मौसम परिवर्तनसँगै छालामा आउने परिवर्तन

सुनाखरी न्युज/ काठमाडौं । आफूलाई न्यानो बनाउने सही तरिका जानिएन भने हाम्रो कपाल, अनुहार तथा शरीरको छाला लगायत शरीरको सौन्दर्यतामा पनि असर पर्न सक्छ। कतिपय व्यक्तिहरुमा जाडोको समयमा अनुहारमा चायापोतो बढ्ने, कपालमा चाया पर्ने, कपाल झर्ने समस्या बढ्छ भने शरीरका बाहिरी छाला सुख्खा भएर फुस्रो देखिन्छ। मौसमा परिवर्तनसँगै हाम्रो शरीरको टाउकोदेखि खुट्टासम्मको बाहिरी छालामा पनि परिवर्तन हुन्छ। जाडो मौसम सुरु भएसँगै टाउकोको कपाल सुख्खा हुन्छ। जसले गर्दा कपालमा चायापर्छ, कपाल टुक्रिन सक्छ। अनुहारको छाला सुख्खा हुन्छ, चाया बढ्दै जान्छ। ओठ सुख्खा हुन्छ। हातको कुइना भन्दा तल र खुट्टाको घुँडा भन्दा तलको भाग बढी सुख्खा हुन्छ ।

 

दशैं तिहार पछि नेपालमा चिसो सुरु हुन्छ । बाहिरको तापक्रम घटेर चिसो हुँदै गएपछि हाम्रो शरीरले पनि शरीरको तापक्रम बाहिर निकाल्छ । जसले गर्दा हाम्रो शरीरमा भएको पानीको मात्रा पनि छिन्न हुन्छ र हाम्रो छाला सुख्खा हुन्छ। जसरी जमिन सुख्खा हुँदा चिरा पर्छ, त्यसैगरी हाम्रो शरीरको छाला सुख्खा हुँदा पनि चिरा पर्छ। छाला चिरा पर्नु भनेको प्वाल पर्नु जस्तै हो, जहाँ विभिन्न किसिमका केमिकलहरु, किरा तथा ब्याक्टेरियाहरु छालामा प्रवेश गर्न र छालामा विभिन्न किसिमको समस्याहरु देखिन्छ। छाला चिरा पर्‍यो भने त्यहाँबाट शरीरमा भएको पानीको मात्रा पनि बाहिर आउँछ। जसले गर्दा छाला झन् झन् सुख्खा हुँदै जान्छ। यदी हामीले त्यो चिरा परेको भागलाई समयमा पुर्न सकिएन भने हामीले लगाउने क्रिम, साबुन, स्याम्फुहरु पनि छालाभित्र पस्छ र छालामा समस्या देखिन्छ।

 

अनुहारमा चायापोतो बढ्छ, हातको पैतालाको पत्र– पत्र निस्किने, एक्जिमा देखिने, छालाको बाथ, ओठ पाक्ने समस्या बढ्नसक्छ। घाममा बस्दा अनुहारमा चाया बढ्छ। शरीर पुच्छ्नुअघि शरीरमा मोस्चराइजर वा तेल प्रयोग गर्नुपर्छ वा भ्यास्लिनको प्रयोग गर्नुपर्छ। यसले सुख्खापनाको कारण शरीरमा परेको चिरा पुरिन्छ।जाडोको समयमा धेरै कडा खालको साबुनको प्रयोग गर्नु हुँदैन । नरम सावरजेल वा साबुन प्रयोग गर्नुपर्छ।