२०८१ मंसिर ८ , शनिवार

फिफा विश्वकपमा आज २ खेल हुँदै

सुनाखरी न्युज/ काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज दुई खेल हुँदैछन् । अल थुमामा स्टेडियममा आईतबार हुने पहिलो खेलमा फ्रान्स र पोल्याण्डबीच प्रतिष्पर्धा हुनेछ ।

 

साविक विजेता फ्रान्स र पोल्याण्डबीचको खेल राति ८:४५ बजे शुरु हुनेछ । दुवै टोली आज जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन् । फ्रान्स समूह ‘डी’ को विजेता र पोल्याण्ड समूह ‘सी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । अर्को खेलमा इंगल्याण्ड र सेनेगलबीच प्रतिष्पर्धा हुनेछ । अल बयात स्टेडियममा हुने इंगल्याण्ड र सेगेनलबीचको खेल राति १२: ४५ बजे शुरु हुनेछ ।

 

आज इंगल्याण्ड र सेनेगल दुवै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्न चाहन्छ । इंगल्याण्ड समूह ‘बी’ को विजेता र सेनेगल समूह ‘ए’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।