२०८१ आश्विन ८ , मंगलबार

ग्रामिण क्षेत्रको सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनका लागि स्थलगत अनुगमन

सुनाखरी न्युज/ नवलपरासी पूर्व । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको ग्रामिण सडक खण्डमा सवारी दुर्घटनाबाट धनजनको क्षति हुने गरेको अवस्थालाई मध्यनजर राख्दै जिल्ला प्रहरी प्रमुखबाट स्थलगत अनुगमन भएको छ ।

 

बौदिकाली गाउँपालिका तथा बुलिङटार गाउँपालिकाका स्थानीय प्रतिनिधिहरु एवम् सरोकारवाला निकायहरुसँग सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनको सन्दर्भमा स्थालगत रुपमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरी ग्रामिण सडक खण्डमा हुने दुर्घटना न्युनिकरण गर्ने उद्धेश्य अनुरुप बौदीकाली,बुलिङटार र हुप्सेकोट गा.पा.तर्फ एउटै रुट हुँदै चल्ने सवारीलाई विहान देखी वेलुकी सम्मको अवधिमा चेकजाँच गर्नको निमित्त देवचुली नगरपालिकाको मुण्डे र कुमसोत, बुलिङटार गाउँपालिकाको बोझा पोखरी र कोखे साथै बौदिकाली गाउँपालिकाको देवीथानमा चेकपोष्ट स्थापना गरी नियमित चेकजाँच गर्ने कार्यको सुरुवात गरिएको छ ।