२०८१ पुष २७ , शनिवार

ब्रोकली खाँदा शरीरलाई मिल्छ धेरै फाइदा

सुनाखरी न्युज/ काठमाडौं । ब्रोकली शरीरका लागि निकै फाइदाजनक हुन्छ । जाडो याममा बजारमा ब्रोकली धेरै मात्रामा पाइन्छ । ब्रोकलीमा आइरन, फाइबर, पोटासियम प्रचुर मात्रामा पाइन्छ । यससमा सोडियम र भिटामिन सी आदि पाइन्छ । रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउनुका साथै ब्रोकली खानु मधुमेहका लागि पनि फाइदाजनक हुन्छ ।

 

ब्रोकलीले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । यसमा प्रशस्त मात्रामा फाइबर पाइन्छ, जसले पाचन प्रणालीलाई मजबुत बनाउन मद्दत गर्छ । ब्रोकली खाँदा छिटो भोक लाग्दैन । त्यसैले पनि यसले तौल घटाउन सघाउने गर्छ । ब्रोकली कलेजोका लागि निकै फाइदाजनक हुन्छ । ब्रोकली नियमित खाँदा फ्याटी लिभरको समस्याबाट छुटकारा मिल्छ । ब्रोकलीले शरीरबाट विषाक्त पदार्थ बाहिर निकालेर शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । ब्रोकली खाँदा कलेजोसँग सम्बन्धित रोगको जोखिम कम हुन्छ । ब्रोकलीले हड्डी बलियो बनाउन मद्दत गर्छ । यसको सेवनले हड्डी मजबुत हुनुका साथै हड्डीसँग सम्बन्धित समस्या पनि हट्छ । ब्रोकलीमा क्याल्सियम प्रचुर मात्रामा पाइन्छ । ब्रोकलीलाई सलादको रुपमा समेत प्रयोग गर्न सकिन्छ । कतिले यसको सूप बनाएर पिउने गर्छन् । ब्रोकलीमा भिटामिन सी प्रचुर मात्रामा पाइन्छ, जसले रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउँछ ।

 

ब्रोकली गर्भावस्थाको लागि धेरै लाभदायी हुन्छ । यसमा पाइने क्याल्सियमले बालबालिकाको हड्डीलाई मजबुत बनाउँछ र उनीहरुलाई स्वस्थ राख्न मद्दत गर्छ । ब्रोकली खाँदा महिलालाई कमजोरी महसुस हुँदैन । ब्रोकली खाँदा महिला तथा बालबालिका दुवै स्वस्थ रहन्छन् ।