सुनाखरी न्युज/ काठमाडौं । निर्वाचनको अन्तिम मत परिणाम आउन बाँकी रहँदा सत्तारुढ गठबन्धनको बैठक बस्दैछ । निर्वाचनपछि सत्ता गठबन्धनको बैठक आज पहिलो पटक बस्न लागेको हो ।
आजको बैठकमा सत्ता गठबन्धनका दलहरुबीच चुनावी समीक्षाका साथै भावी सरकारको नेतृत्व कसले गर्ने र कसरी अघि बढ्ने भन्ने बारेमा छलफल हुनेछ । हालसम्मकाे मत परिणाम अनुसार सत्ता गठबन्धनबाट नेपाली काँग्रेसले ५७ सिट प्रत्यक्षमा जित हासिल गरेको छ भने नेकपा (माओवादी केन्द्र) ले १७ स्थानमा विजयी भएको छ र एक स्थानमा अग्रता लिएको छ ।
त्यस्तै नेकपा (एकीकृत समाजवादी) १० स्थानमा विजयी हुँदा सत्ता साझेदार दल नेपाल मजदुर किसान पार्टीले १, लोकतान्त्रित समाजवादी पार्टीले ४ सिट जितेको छ । समानुपातिकमा भने हालसम्म नेपाली काँग्रेस दोस्रो स्थानमा छ ।