२०८१ पुष २७ , शनिवार

कामना सेवा विकास बैंकद्वारा २६ औं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

सुनाखरी न्युज/ काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले देशकाविभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ ।

 

बैंकले सेवा विस्तार गर्ने क्रममा मिति २०७९ साल मङ्सिर १८ गते आइतबार बाट रुपन्देही जिल्लाको तिलोत्तमान.पा. वडा नं. ०३ मा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । तिलोत्तमान.पा. वडा नं ०३स्थित न्यू पाल्पाली जनरल स्टोर्स(प्रो. मुना घिमिरे) शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । बैंकका सञ्चालक भिम प्रसाद तुलाचन रवडा नं. ०३ का वडा अध्यक्ष कल्याण प्रसाद पौडेलले संयुक्त रुपमा शाखा रहित बैंकिङ्ग सेवाको समुद्घाटन गरी सेवाशुभारम्भ गर्नु भएको थियो। कार्यक्रममा वडा नं. ०३ का अन्य जनप्रतिनिधिहरु, व्यावसायिक प्रतिनिधि, स्थानीय महानुभावहरुका साथै बैंकका अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

 

शाखा रहित बैंकिङ्ग मार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवा बाट ग्रामीण तथा बैंकिङ्ग पहुंच नपुगेका क्षेत्रमा बैंक प्रति उल्लेख्य विश्वास एवं बैंकिङ्ग अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।