२०८१ आश्विन ६ , आइतवार

मेलिना र सुरेनको स्वरमा नयाँ गीत ‘तिमी र म’ सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं । मेलिना राई र सुरेन बिसीको स्वरमा नयाँ गीत ‘तिमी र म’ सार्वजनिक भएको छ।

स्याड भर्सनको सार्वजनिक गीतमा शब्द तथा संगीतसमेत गायक बिसीको सुन्न सकिन्छ। गीतलाई एरेन्ज सनिर खातीले र मिक्सिंग कृष्ण कुमार महर्जनले गरेका हुन्। गीतको म्युजिक भिडियोमा उषा उप्रेती र सुजन खतिवडा देखिएका छन्। युवराज वाइबाले निर्दशन गरेको म्युजिक भिडियोमा भरत रेग्मीको सम्पादन/कलर ,निसल पौडेलको छायांकन ,कबिन खड्काको मेकअप रहेको छ।

गायक सुरेन बिसीको अफिसियल च्यानलबाट सार्वजनिक भएको गीतलाई दर्शक स्रोताले रुचाउनेमा आफू विश्वस्त रहको उनले बताएका छन्। गीतलाई सुशील चौगाई र संजय शर्माले निर्माण गरेका हुन्।