२०८१ आश्विन ६ , आइतवार

प्रिती आलेको नयाँ गीत चौरी गाईको घिउले सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं । गायक दामोदर भण्डारी र गायिका प्रिती आलेको स्वरमा नयाँ लोक गीत चौरी गाईको घिउले सार्वजनिक गरिएको छ। राजधानीमा हालै आयोजित एक कार्यक्रमबीच गीतको भिडियो प्रिमियर गरी सार्वजनिक गरिएको हो।

दामोदरकै शब्द, संगीत र कृष्ण विक को संगीत संयोजन रहेको छ। गीतको भिडियोमा लोमस शर्मा, विजय पुन, रुबिना अधिकारी र जुनु एसडीले अभिनय गरेका छन्। अजय रेग्मीको छायांकन रहेको भिडियो काजिश श्रेष्ठले कोरियोग्राफी र निर्देशन गरेका छन्।

गायक भण्डारीले यसअघिको छुर्पी चौरी गाईको गीतको भाग+२ को रूपमा सार्वजनिक गरिएको बताए।