२०८१ आश्विन ८ , मंगलबार

३५ दिनभित्र अनधिकृत संरचना हटाउन प्राधिकरणको निर्देशन

सुनाखरी न्युज/ काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौं उपत्यकाका अनधिकृत संरचना हटाउन निर्देशन दिएको छ।

प्राधिकरणले काठमाडौं उपत्यका भित्रका सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्ड बमोजिमका जग्गालाई अतिक्रमण गरी निर्माण गरिएका अनाधिकृत संरचना ३५ दिनभित्र खाली गर्न निर्देशन दिएको हो। उपत्यकाका नगरहरूको पुनर्निर्माण, विकास र विस्तार मार्फत काठमाडौं उपत्यकालाई व्यवस्थित गर्ने उद्देश्यले अतिक्रम गरिएको संरचना हटाउन निर्देशन दिएका हो। संरचना हटाई सकेपछि त्यसको जानकारी गराउन पनि प्राधिकरणले निर्देशन दिएको छ।

निर्देशन अनुसार नहटाएमा उक्त अतिक्रमण गरी निर्माण गरिएका संरचना प्राधिकरणले हटाई सो हटाउँदा वा भत्काउँदा लागेको लागत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल उपर गरिने प्राधिकरणले बताएको छ। प्राधिकरणले गत असोजमा उपत्यकाभित्र सार्वजनिक रूपमा प्रयोग भइरहेका भवन तथा जग्गाको नाप–नक्सालगायत कागजात बुझाउन निर्देशन दिएको थियो।