२०८१ आश्विन ६ , आइतवार

बिहे गरेको एक सातामै सलोनलाई जुम्ल्याहा बच्चाको चाहना

सुनाखरी न्युज/ काठमाडौं । नायक सलोन बस्नेत र करिश्मा केसीको बिहे भएको एक साता मात्र भयो । तर, बिहेको तेश्रो दिनदेखि नै उनीहरुले मिडियामा बच्चाको बिषयमा प्रश्न खेपिरहेका छन् । आइतबार सलोन र करिश्मा अभिनित ‘राजा रानी’ बोलको गीतको भिडियो सार्वजनिक गरियो ।

 

सार्वजनिक कार्यक्रममा सलोन र करिश्माले बच्चाको योजनाबारे थुप्रै प्रश्नको सामना गर्नुपर्यो । सलोनकी बहिनी सलिना बस्नेतले त आफूलाई चाडै नै फूपू बन्न मन लागेको सुनाइन् । करिश्मा र सलोनले भने अहिले नै यो कुरामा कुनै योजना नभएको तर्क गरे । तर, सलोनले भने आफूलाई जुम्ल्याहा बच्चाको चाहना रहेको सुनाए । उनले रमाइलो शैलीमा भने अब, मेरो एउटा इच्छा होला, करिश्माको अर्को होला । भोली जन्मदा छोरा वा छोरी या जुम्ल्याहा कसरी जन्मन्छ केही थाहा छैन ।

 

शोभितले भने आफू नाती वा नातिनी भएपछि काम गर्न छाडेर स्याहारमा लाग्ने सुनाए ।