२०८१ पुष २७ , शनिवार

सानिमा बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा मोबाइल बैंकिङ्ग योजना

सुनाखरी न्युज/ काठमाडौं । सानिमा बैंकले २०७९ मंसिर २१ गते १८ औं वार्षिकोत्सव मनाउँदै छ । यस अवसरमा सानिमा बैंकले F1 Soft संग सहकार्य गरी आफ्ना ग्राहकहरुका लागि मोबाइल बैंकिङ्ग योजना सार्वजनिक गरेको छ ।

 

उक्तयोजना अन्तर्गत १८ जनाजोडीले सौराहा भ्रमणको अवसर प्राप्त गर्न सक्नुहुनेछ । भ्रमणका लागि योग्यहुन ग्राहकहरुले मोबाइल बैंकिङ्ग बाट ५ वटा विभिन्न कारोबारहरु गर्नुपर्ने हुन्छ । उक्त कारोबारहरु रु.२०० भन्दा बढि र कम्तिमा एउटा टपअप समावेश हुनुपर्नेछ । ग्राहकहरुले मोबाइल बैंकिङ्गएपप्रयोग गरी टपअप, फन्ड ट्रान्सफर, लोड वालेट, क्युआर पेमेन्ट, युटिलिटि पेमेन्ट, आदि जस्ता कारोबारहरु गर्न सक्नेछन् । योयोजना २०७९ मंसिर २१ देखि पौष ९ गतेसम्म १८ दिनकालागू हुनेछ । योजना अवधिभर ग्राहकहरुले सानिमा मोबाइल बैंकिङ्ग मार्फत् गरेका कारोबारहरु लाई समावेश गरिने छ ।

 

यस योजनाले डिजिटल भुक्तानी लाई प्रोत्साहन गरी दीर्घकालीन रूपमा नगदको प्रयोग घट््ने बैंकको विश्वास छ । सानिमा बैंकको देशका सातै प्रदेशमा १३० वटा कार्यालय तथा १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।