२०८१ मंसिर १२ , बुधवार

शुक्रबारदेखि घरको धारामा मेलम्चीको पानी

सुनाखरी न्युज/ काठमाडौं । काठमाडौंबासीका घरको धारामा मेलम्चीको पानी आउने भएको छ । मेलम्चीको पानी २६ किलोमिटर सुरुङ पार गरेर काठमाडौंको सुन्दरीजलमा आइपुगेसँगै प्रशोधन गरेर शुक्रबारदेखि पानी आउने भएको छ ।

 

आउँदो मनसुन सुरु हुनुभन्दा अगाडिसम्म हिँउदभर दैनिक प्रतिसेकेण्ड २ हजार लिटर पानी अर्थात् दैनिक १७ करोड लिटर पानी काठमाडौं आइरहनेछ । अघिल्लो वर्ष असारमा आएको भीषण बाढी पहिरोले आयोजना स्थलमा क्षति पु-याएपछि गत वैशाखमा अस्थायी बाँध बनाएर १ महिनासम्म काठमाडौंमा पानी वितरण गरिएको थियो ।

 

जल तथा मौसम विज्ञान विभागले दिने मनसुन सुरुको सूचना पछि बर्खायामभर पानी बन्द गरिने छ । साथै मनसुनको बेला पनि काण्माडौँमा पानी ल्याउन सक्ने विकल्पको बारेमा पनि अध्ययन भइरहेको छ ।