२०८१ पुष २९ , सोमवार

चोरीको मोटरसाइकल सहित एक व्यक्ति प्रहरी नियन्त्रणमा

सुनाखरी न्युज/ काठमाडौं । चोरीको मोटरसाइकल सहित आज नियन्त्रणमा लिएका एक जनालाई ट्राफिक प्रहरीले सवारी साधन सहित प्रहरी वृत नयाँबानेश्वरमा बुझाएको छ । काभ्रेपलान्चोकको महाभारत गाउँपालिका ६ लामाटोलका २७ वर्षीय युगान्त थिङलाई प्रहरी वृत नयाँबानेश्वर बुझाइएको हो ।

 

काठमाडौँको कोटेश्वर स्थित भाटभटेनी पछाडीबाट बास्तविक नम्बर बागमती प्रदेश ०२-०२७ प ९७ ७२ नम्बरको सेतो रङको २०० सि.सिको पल्सर मोटरसाइकल चोरी भएको भनि सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ घर भई हाल काठमाडौँको कागेश्वरी नगरपालिका ११ काडाँघारी बस्ने रामशरण चालिसेले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए । निवेदनका आधारमा चोरी भएका मोटरसाइकल खोजी गर्दा बास्तविक नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२- ०२७ प ८७ ७४ नम्बरमा राखी चलाउँदै गरेको अवस्थामा भक्तपुरको राधेराधेबाट थिङलाई आज नियन्त्रणमा लिएको थियो । उनीलाई चोरीको मोटरसाईकल सहित आवश्यक कारवाहीको लागि आजै प्रहरी वृत्त नयाबानेश्वरमा बुझाएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सह- प्रवक्ता प्रहरी उपरिक्षक अवदेश विष्ट क्षेत्रीले बताउनु भएको छ ।

 

हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएकोमा स्वयं सवारी धनी पनि बिशेष सजग हुनुपर्ने र सवारी चालक पनि थप जिम्मेवार बनि सुरक्षित स्थानमा मात्र सवारी साधन पार्किङ गर्ने, अतिरिक्त लक तथा सुरक्षाका उपायहरुको समेत प्रयोग गर्ने गरेमा चोरी नियन्त्रणमा प्रभावकारी भुमिका खेल्नसक्ने उहाँले भन्नु भएको छ ।