२०८१ कार्तिक २९ , बिहिवार

नेपाल-भारत सीमा सुरक्षा बैठक : महाकालीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति

सुनाखरी न्युज/ काठमाडौं । दार्चुला । नेपाल-भारत सीमा सुरक्षा बैठक बुधबार भारतकाे धार्चुलाको एनएच पीसीमा समपन्न भएको छ ।

 

आज भएको बैठकमा महाकाली नदीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति भएको छ । महाकाली नदीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति भएकाे दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले पुष्टि गर्नुभयाे ।

भारतले महाकाली नदीको बहाव नेपालतर्फ फर्काउने गरेर अस्थायी बाँध बाधेको थियो । आजको बैठकले तारजालीसहितको अस्थायी बाँध हटाउने सहमति भएकाे हाे । यस्तै भारतले निर्माण गरिरहेको तटबन्धबारे दुवै देशका इन्जिनियरहरूले अनुगमन गर्ने भएका छन् ।