सुनाखरी न्युज/ काठमाडौं। धनगढीमा एक युवती मृत फेला परेकी छिन्। दिदीको घरमा बसेर अध्ययन गर्दै आएकी २१ वर्षीया अस्मिता धनगढी उपमहानगरपालिका ६ जालीमा शुक्रबार बिहान मृत अवस्थामा भेटिएकी प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले घोडाघोडी नगरपालिका वडा नम्बर ६ स्थायी घरभइ दिदीको घरमा बस्दै आएकी साउँद मृत भेटिएको बताए। भान्छा कोठामा बिहान साढे ५ बजे दुपट्टाको पासोमा उनी झुन्डिएको अवस्थामा भेटिएपछि परिवारले प्रहरीलाई खबर गरेको डिएसपी जोशीले बताए ।
शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल लगिएको बताउँदै घोडाघोडीबाट आफन्तलाई बोलाइएको डिएसपी जोशीले बताए ।