२०८१ मंसिर १२ , बुधवार

चौधरी ग्रुपद्वारा प्रवर्धित मिडिल मोदी जलविद्युत् आयोजना सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं । चौधरी ग्रुपद्वारा प्रवर्धन गरिएको १८ मेगावाट क्षमताको मिडिल मोदी जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । मोदीखोलामा बनेको यस आयोजनाको सम्पूर्ण काम पूरा भएर परीक्षण उत्पादन सुरुभएको छ ।

 

मिडिल मोदीजलविद्युत् आयोजनानिर्माण सम्पन्न भई उत्पादित विजुली राष्ट्रिय प्रसारण लाईनमा आवद्ध भईसकेको छ । १५ दिन परिक्षण उत्पादन पछि नियमित उत्पादन शुरूहुने चौधरी ग्रुपले जनाएको छ । मिडिल मोदीजलविद्युत् आयोजनाचौधरी ग्रुपलेलगानी गरेको पहिलो आयोजनाहो । जलविद्युत् उत्पादनमाप्रवेश गर्ने ग्रुपको दशकपहिलेको योजनाकार्यान्वयनमा सम्वन्धित निकायबाट सहयोग नभएपछि यस क्षेत्रको प्रवेशमा केहीढिलाई भएको थियो ।

 

ग्रुपले अगाडि बढाएको आयोजना सम्पन्न भएकोमा ग्रुपका प्रबन्ध निर्देशकनिर्वाण चौधरीले खुसीव्यक्त गर्दै नेपालको जलविद्युत् उत्पादनमानिजी क्षेत्रले उल्लेख्य योगदानगर्न सक्ने बताउनुभयो । “चौधरी ग्रुपले आफ्नो पहिलो जलविद्युत् आयोजनाको निर्माण पुरा गरेको छ । बिजुलीको अत्यधिक खपत हुने ड्राई सिजनमा आयोजना सकिएर केन्द्रीय प्रसारण लाइनमा जोडिएको मा हामी खुसी छौं,”चौधरीले भन्नुभयो, “यसबाट देशको आर्थिक विकासमा सकारात्मक योगदान पुग्नेछ ।

 

आर्थिक विकासका लागि पूर्वाधारहरूमा गरिने लगानीले निकै महत्वपूर्ण अर्थ राख्छ ।”चौधरी ग्रुपले अन्यज लविद्युत् आयोजनामा पनि काम गरिरहेको जानकारी पनि उहाँले दिनुभयो । पर्वतको मोदी गाउँपालिका–२ केङ्गामा पावर हाउसनिर्माण गरिएको आयोजनाको बाँध कास्कीको अन्नपूर्ण गाउँपालिका–३ वीरेठाँटीमा रहेको छ ।यस आयोजनामादुई हजार तीन सय ९३ मिटर लामो सुरुङ मार्फत्मोदीखोलाको पानी खसालिएको छ ।