२०८१ पुष १४ , आइतवार

विश्वकप फुटबल क्वाटरफाइनल: ब्राजिल र क्रोएशिया, अर्जेन्टिना र नेदरल्याण्ड्स खेल्दै

सुनाखरी न्युज / काठमाण्डौ ।

फिफा विश्वकप फुटबलको क्वाटरफाइनलका खेल आजदेखि सुरु हुँदैछन् । क्वाटरफाइनलको पहिलो खेलमा ब्राजिल र क्रोएसिया खेल्दैछन । यो खेल नेपाली समयअनुसार आज राति पौने ९ बजे एजुकेसन सिटी मैदानमा सुरु हुनेछ । आजदेखि शीर्ष ८ टोलीबीच सेमिफाइनल प्रवेशको लडाई सुरु हुनेछ । जसमा ब्राजिल र क्रोएसिया, नेदरल्यान्ड्स र अर्जेन्टिना, मोरक्को र पोर्चुगल तथा इंग्ल्याण्ड र फ्रान्सबीच प्रतिस्पर्धा हुने छ ।

 

अहिलेसम्म समग्रमा ब्राजिल र क्रोएशियाबीच ४ पटक भेट भएको छ। जसमा ब्राजिलले ३ पटक जितेको छ भने एक खेल बराबरीमा सकिएको थियो। विश्वकपमा भने ब्राजिल र क्रोएशिया २ पटक भिड्दा दुवै पटक ब्राजिलले बाजि मारेको थियो। सेमिफाइनल पुग्नका लागि नेपाली समय अनुसार ब्राजिल र क्रोएशियाबीच नेपाली समय अनुसार राति पौने ९ बजे खेल हुने छ । अहिलेसम्म समग्रमा ब्राजिल र क्रोएशियाबीच ४ पटक भेट भएको छ । जसमा ब्राजिलले ३ पटक जितेको छ भने एक खेल बराबरीमा सकिएको थियो। विश्वकपमा भने ब्राजिल र क्रोएशिया २ पटक भिड्दा दुवै पटक ब्राजिलले बाजि मारेको थियो।

 

यस्तै आजै राति पौने १ बजे नेदरल्याण्ड्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुने छ । समग्रमा यी दुई टिम अहिलेसम्म ९ पटक आमने सामने हुँदा नेदरल्याण्ड्सले ४ खेल जित्दा १ खेल मात्रै अर्जेन्टिनाले जितेको छ । अरु ४ खेल बराबरीमा सकिएका छन्। विश्वकपमा भने यी दुईबीच ५ पटक भेट हुँदा दुई दुई खेल दुवै टिमले जितेका छन भने १ खेल बराबरीमा टुंगिएको थियो । ब्राजिलले अन्तिम १६ मा दक्षिण कोरियालाई ४–१ गोलले हराएको थियो । त्यस्तै क्रोएसियाले जापानलाई पेनाल्टी सुटआउटमा हराएको थियो । ब्राजिल पाँच पटकको विश्वकप विजेता टोली हो भने क्रोएसिया सन् २०१८ को उपविजेता हो ।

 

त्यस्तै दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्स आज राति पौने १ बजे लुसाइल मैदानमा खेल्दैछन । अर्जेन्टिनाले अन्तिम १६ मा अष्ट्रेलियालाई २–१ गोलले हराएको थियो । नेदरल्यान्ड्स अमेरिकालाई ३–१ गोलले हराएर क्वाटरफाइनलमा पुगेको हो ।

 

अर्जेन्टिना सन् १९७८ को फाइनलमा नेदरल्यान्ड्सलाई हराएर पहिलो पटक च्याम्पियन बनेको थियो । कतारमा चलिरहेको विश्वकपमा साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, इंग्ल्यान्ड, नेदरल्यान्ड्स, मोरक्को र पोर्चुगल अन्तिम आठमा पुगेका छन् । क्वाटरफाइनलमा भोली मोरक्को र पोर्चुगल तथा अन्तिम खेलमा फ्रान्स र इंग्ल्यान्डबीच खेल हुनेछ । विश्वकपमा सबैभन्दा सफल टोली ब्राजिल हो । ब्राजिलले पाँच पटक विश्व कपको उपाधि जित्दा इटली र जर्मनीले चाररचार पटक, अर्जेन्टिना, फ्रान्स र उरुग्वेले दुईरदुई पटक तथा इङ्ल्यान्ड र स्पेनले एकरएक पटक उपाधि जितेका छन ।