२०८१ मंसिर ११ , मंगलबार

यस्ता छन् लसुनका फाइदा

सुनाखरी न्युज/ काठमाडौं। लसुन एक महत्वपूर्ण घरेलु औषधि हो। प्राचीन समयदेखि नै विभिन्न भोजन तरकारीमा गरम मसलाको रुपमा लसुनको प्रयोग हुने गरेको छ। यसको खेति हाम्रो देशमा पनि हरेक ठाउँमा हुने गरेको छ।

 

आयुर्वेदिक मतअनुसार लसुनले वात कफ नास गर्छ र दुखाई शान्त पार्छ। यसले पाचन शक्ति बढाउँछ, कृमि नाश गर्छ, हृदय र कलेजोलाई उत्तेजक पार्छ। महिलाको महिनावारी ठीक राख्न र पुरुषको वीर्य पुष्ठ पार्न पनि लसुनले मद्दत गर्छ। पिसाबको समस्या, रक्तदोष, सुन्निने समस्या आदिमा पनि लसुन लाभदायक हुन्छ। गर्भावस्थामा भने यसको प्रयोग अहितकर हुन्छ। लसुनको पात, गाँठो केस्रा र जरा सबैको प्रयोग गर्न सकिन्छ। लसुनका यी विविध भागलाई नियमित रुपले काँचै वा पकाएर खाने गर्दा मुटु र रक्तनलीका बिभिन्न रोग लाग्ने संभावना न्यून हुन्छ। क्यान्सरको समस्यामा लसुन पनि लाभदायक खिएको चिनियाँ चिकित्सकको अनुसन्धानले पुष्टि गरेको छ। उच्च रक्तचापको लागि दिनहुँ ५ देखि १० केस्रा काँचो लसुन प्रयोग गर्दा लाभदायक हुन्छ। यसरी लसुन खाँदा एकै पटक नखाएर पटकपटकको खानासँगै खानु राम्रो हुन्छ।

 

पेट फुल्ने, अमिलो पानी आइरहने र पेट दुख्ने भएमा बिहान उठेर २ गिलास पानी पिउने र त्यसपछि २,३ केस्रा लसुन दूधसँग खाएमा फाइदा हुन्छ। सामान्य प्रकारको छालाको चिलाउने रोग जस्तैः– दाद, एक्जिमा आदिमा लसुनको रस लगाउनु लाभकारी हुन्छ। लसुनको रस र कागती समभाग राखी कपासको ध्यमले दिनको ३÷४ पटक चिलाउने घाउ पुछ्ने गर्दा चिलाउने कम हुन्छ। लसुनलाई तेलमा फुराएर डढाउने र साथमा मेथीको गेडा पनि फुराउने र डढाउने। उक्त लाई मनतातो भए पछि रुघा लागेको बच्चाको नाकको प्वालबाहिर दल्ने, तेल छाती, घाँटी, ढाडमा सेकाउँदै मालिश गर्ने। निधार र नाक वरिपरि या तेल लगाउने गर्दा ससाना शिशु तथा बच्चाको रुघाखोकी ठीक हुन्छ।

 

यो प्रयोगले ठूला व्यक्तिलाई पनि फइदा गर्छ। एक पाउ लसुन थिचेर एक चौथाइ जति तेल र चार चौथाई जति पानी एकै भाँडामा राखी घोल्ने र त्यसलाई मन्द आगोमा पकाउने। पानी सुकेर तेल र लसुनको छोक्रा मात्र बाँकी भए पछि तेललाई छानेर शिशीमा राख्ने। यो तेल दिनको ३/४ पटक जोर्नी दुखेको र सुन्निएको ठाउँमा लगाउने, मालिश गर्ने गर्दा आराम महसुस गर्दछ।