२०८१ मंसिर ९ , आइतवार

एनआरएन इन्फ्रास्ट्रक्चरले पुस २० गते डाक्यो एजीएम, ५.२६% लाभांश प्रस्ताव

सुनाखरी न्युज/ काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टले नगद लाभांश प्रस्तावसहित वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले पुस २० गते साधारण सभा डाकेको हो ।

 

साभा आन्धपाली ब्यान्क्वेट, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा उपस्थित हुन नसक्नेलाई भर्चुअल (जुम) माध्यमबाट पनि सहभागि हुने व्यवस्था गरेको कम्पनीले जनाएको छ । सभामा गत वर्षको नाफाबाट प्रस्ताव गरेको ५.२६% नगद लाभांश पारित गर्ने प्रस्ताव साधारण सभामा छ । साथै, सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाहमा पनि छलफल हुनेछ ।

 

सभा प्रयोजनका लागि पुस ५ गते बुक क्लोज गर्ने जनाएको छ । तसर्थ, पुस ४ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।