सुनाखरी न्युज/ काठमाडौं । नेपाल वायुसेवा निगमले आगामी पुस ४ देखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको तयारी गरेको छ। निगमले भैरहवाबाट मलेसिया र कतार उडान तथा अन्य मुलुकमा ओभरफ्लाइको तयारी सुरु गरेको हो।
निगमका अनुसार दुवै मुलुकमा निगमले सुरुमा काठमाडौंबाट उडान गर्नेछ भने फर्कँदा भैरहवा हुँदै काठमाडौं अवतरण गर्नेछ भने भारत, बर्मा, बङ्गलादेश, बैङ्कक लगायतमा ओभरफ्लाइङ अनुमति लिने प्रक्रिया सुरु गरिएको छ। नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीले सुरुमा मलेसियामा साताको एउटा र कतारमा साताको दुई वटा उडान गर्ने योजना बनाएको छ। आगामी दिनमा माग भए उडान सङ्ख्या बढाउन सकिने उनको भनाइ छ।
निगमले आगामी पुस ४ देखि भैरहवा विमानस्थलमा टच डाउन गर्दै यी दुई गन्तव्यमा व्यावसायिक उडान गर्नेछ।हाल भैरहवा विमानस्थलबाट कुवेतको जजिरा एयरवेज र नेपालको हिमालय एयरलाइन्सले व्यावसायिक उडान गर्दै आएका छन्