२०८१ मंसिर ११ , मंगलबार

बाढीले जीप बगाउँदा फिलिपिन्समा आठजनाको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं । फिलिपिन्सको रिजाल प्रान्तमा शनिबार राति आएको बाढीले यात्रीवहाक जीप बगाउँदा पाँच वर्षीया बालिकासहित आठजनाको मृत्यु भएको प्रहरीले आइतबार जनाएको छ ।

तनय सहर प्रहरीका गस्तीकर्मी जेसन बेनिटेजले सिन्ह्वालाई बताएअनुसार दुर्घटना राति ९ बजेअघि भएको थियो । २५ यात्री सवार जीप उत्तरबाट गाउँतर्फ जाँदै गरेको र खोला तर्ने क्रममा थियो ।तनय नगरपालिका प्रकोप न्यूनीकरण व्यवस्थापन कार्यालयका प्रमुख नोर्बर्टो फ्रान्सिस्को माटिएन्जोले बाढीले बगाउँदा जीप नदीको बीचमा फसेको बताएका छन् । दुर्घटनामा परी ज्यान गुमाउने सातजना ६० वर्ष नाघेको र एकजना घाइते भएको उनले बताए ।

लामो समतल यात्री जीपहरू फिलिपिन्समा सार्वजनिक यातायातको सबैभन्दा लोकप्रिय माध्यम हो । यी प्रतिष्ठित गाडीहरू दोस्रो विश्वयुद्धदेखि फिलिपिन्सको सडकमा गुडिरहेका छन् । रासस