२०८१ पुष २७ , शनिवार

जाडोमा कपाल झर्ने समस्या ?

सुनाखरी न्युज /काठमाडौं – जाडोमा मौसम चिसो र सुख्खा हुँदा कपाल धेरै दुख्ने गर्छ । हामी चिसोमा नुहाउन तातो पानी प्रयोग गर्छौं यसले पनि कपाललाइ सुख्खा बनाउँछ । यस्तो अवस्थामा कपाल झर्न थाल्छ । जाडोमा टाउकोको छाला सुक्खा हुनबाट बचाउँन हप्तामा एक वा दुई पटक कपाल र टाउकोमा तातो नरिवलको तेल लगाउने गर्नुहोस यसले टाउकोमा नमरमता ल्याइ राख्छ ।

 

१ कपालमा केमिकल युक्त स्याम्पु तथा कन्डिसनरको प्रयोग नगर्नुहोस ।

२कपालमा चाँया छ भने प्रशस्त पानी पिउनुहोस । एक गिलास पानीमा एककागतीको रस मिसाएर बिहान पिउने बानी गर्नाले पनि कपाल झर्न कम हुन्छ ।

 

३ तनावबाट बच्ने प्रयास गर्नुहोस्। दैनिक योग, र व्यायाम गर्नुहोस ।

४ तनाव कम गर्न र कपाल झर्ने समस्याबाट टाढा राख्न मद्दत गर्दछ ।

५ फलफूल, सलाद, हरियो सागसब्जी, सागसब्जी र दहीलाई आहारमा समावेश गर्नुहोस्।