२०८१ आश्विन ६ , आइतवार

५४ सन्तानका पिताको निधन

सुनाखरी न्युज / इस्लामाबाद ५४ सन्तान भएको परिवारबाट चर्चित बनेका पाकिस्तानको नोस्की जिल्लाका अब्दुल मजीद मंगलको बुधबार निधन भएको छ । उनका छोरा शाह वली मङ्गलले बीबीसीलाई आफ्नो बुबाको हृदयघातका कारण मृत्यु भएको बताए । मृत्युका बेला उनी ७५ वर्षका थिए र अहिलेसम्म गाडी चलाइरहेका थिए । ७५ वर्षीय अब्दुल पेशाले चालक हुन्।

 

उनी अफगानिस्तानको बलुचिस्तानको नोस्की जिल्लाको काली मंगल गाउँका बासिन्दा हुन्। नोस्की बलुचिस्तानको राजधानी क्वेटाबाट करिब १३० किलोमिटर पूर्वमा पर्छ । सन२०१७ को जनगणनाका क्रममा अब्दुल र उनको परिवारबारे पहिलोपटक खबर सार्वजनिक भएको थियो। अब्दुलले ६ वटा विवाह गरेका थिए। उनकी पत्नीहरुमा दुईको मृत्यु भइसकेको छ भने चारवटी उनीसँगै बस्छिन्।बुढेसकालको बाबजुद पनि मृत्यु हुनुभन्दा पाँच दिनअघिसम्म परिवारको पूर्ति गर्न गाडी चलाइरहनुभयो।” उनले भने कि उनले आफ्नो बुबालाई आराम गरेको कहिल्यै देखेनन तर उनले ठूलो परिवारको लागि “सधैं कडा परिश्रम” गरिरहेको देखे ।

 

उनले भने, ‘हामीमध्ये कोही बीए र कोही म्याट्रिक्स गरेका छौँ तर उचित रोजगारी नभएकाले बुबाको उपचार गराउन सकेनौँ ।’देशका अन्य भागमा ठूला परिवारलाई सरकारबाट सहयोग गर्ने गरेको सुनेको शाह वलीले बताए तर यहाँ सबैभन्दा ठूलो भए पनि आफ्नो परिवार सरकारी सहयोगबाट वञ्चित रहेको बताए । यस वर्षको मनसुनी बाढीले आफ्नो घर भत्किएको शाह वलीले बताए । एजेन्सी