२०८१ पुष २७ , शनिवार

नयाँ उपचार विधिले हट्यो ‘निको नहुने क्यान्सर’

सुनाखरी न्युज/ काठमाडौं । एउटा नयाँ प्रकारको उपचार विधिले एक किशोरीको निको नहुने भनिएको रक्त क्यान्सर शरीरबाट हटेको छ। ल्युकेमियापीडित बेलायतको लेस्टरकी १३ वर्षीया अलिसालाई निको पार्न यसअघि प्रयोग गरिएका अन्य सबै उपचारहरू असफल भएका थिए।

 

उनका लागि लन्डनस्थित ग्रेट ओर्मन्ड स्ट्रिट अस्पतालका चिकित्सकहरूले आनुवंशिक इन्जिनियरिङका माध्यमबाट ‘बेस एडिटिङ’ विधि प्रयोग गरी नयाँ औषधि बनाएका बीबीसीले उल्लेख गरेको छ । उक्त औषधि प्रयोग गरेको ६ महिनापछि अलिसाको शरीरमा क्यान्सर नभेटिएको र उनी थप निगरानीमा रहेकी चिकित्सकहरूले जनाएका छन्। अलिसामा गत वर्षको मेमा टी–सेल एक्युट लिम्फोब्लास्टिक ल्युकेमिया पत्ता लागेको थियो। अलिसाको शरीरमा नियन्त्रण नै नहुने गरी वृद्धि भइरहेका टी–सेलहरू नै उनका लागि खतरा बनेका थिए। चिकित्सकहरूका अनुसार परीक्षणका क्रममा उनको क्यान्सर निकै घातक खालको रहेको पुष्टि भएको थियो। किमोथेरापी र त्यसपछि बोनम्यारो प्रत्यारोपण गरिएको भए पनि उनको शरीर क्यान्सरमुक्त भने हुन सकेको थिएन। परीक्षणका लागि तयार गरिएको औषधिको प्रयोगबाहेक अलिसालाई निको बनाउन अन्य कुनै विकल्प बाँकी थिएनन्।उनका लागि लन्डनस्थित ग्रेट ओर्मन्ड स्ट्रिट तालका चिकित्सकहरूले आनुवंशिक इन्जिनियरिङका माध्यमबाट ‘बेस एडिटिङ’ विधि प्रयोग गरी नयाँ औषधि बनाएका बीबीसीले उल्लेख गरेको छ । उक्त औषधि प्रयोग गरेको ६ महिनापछि अलिसाको शरीरमा क्यान्सर नभेटिएको र उनी थप निगरानीमा रहेकी चिकित्सकहरूले जनाएका छन्। अलिसामा गत वर्षको मेमा टी–सेल एक्युट लिम्फोब्लास्टिक ल्युकेमिया पत्ता लागेको थियो। मानव शरीरमा हानि पुर्‍याउन खोज्ने तत्त्व खोजेर नष्ट गर्ने टी–सेलहरू मानव शरीरको रक्षक मानिन्छन् । तर अलिसाको शरीरमा नियन्त्रण नै नहुने गरी वृद्धि भइरहेका टी–सेलहरू नै उनका लागि खतरा बनेका थिए। चिकित्सकहरूका अनुसार परीक्षणका क्रममा उनको क्यान्सर निकै घातक खालको रहेको पुष्टि भएको थियो। किमोथेरापी र त्यसपछि बोनम्यारो प्रत्यारोपण गरिएको भए पनि उनको शरीर क्यान्सरमुक्त भने हुन सकेको थिएन। परीक्षणका लागि तयार गरिएको औषधिको प्रयोगबाहेक अलिसालाई निको बनाउन अन्य कुनै विकल्प बाँकी थिएनन्।

 

गत वर्षको क्रिसमस नै छोरीसँग मनाउने अन्तिम सोचेको उनकी आमा किवोनाले बताइन्। त्यसलगत्तैको छोरीको १३ औं जन्मदिनमा आफू रोएको किवोनाले बताइन्। तर त्यसपछि आनुवंशिक क्षेत्रको अविश्वसनीय प्रगतिद्वारा जे सम्भव भयो त्यो केही वर्ष अघिसम्म अकल्पनीय नै थियो। ग्रेट ओर्मन्ड स्ट्रिट बाल अस्पतालको टोलीले ६ वर्षअघि मात्र आविष्कार गरेको ‘बेस एडिटिङ’ प्रविधिले नै यो सम्भव भएको हो। बेस (आधार) मानव जीवनका आधारभूत तत्त्वहरू हुन्। एडिनिन (ए), साइटोसिन (सी), गुआनिन (जी) र थाइमाइन (टी) गरी चार प्रकारका बेसहरू हाम्रो आनुवंशिक कोड निर्माण गर्ने ब्लक हुन्। जसरी मालाका अक्षरबाट अर्थपूर्ण शब्दहरू निर्माण हुन्छ, त्यसरी नै मानव शरीरको डीएनएमा रहेका अर्बौं बेसले निर्देशन पुस्तिका वर्णविन्यास निर्धारण गर्ने गर्छन्।

 

बेस एडिटिङमार्फत वैज्ञानिकलाई आनुवंशिक कोडको निश्चित भागमा केन्द्रित हुन र एउटा बेसको मोलिक्युलर संरचनालाई परिवर्तन गरी अर्कोमा रूपान्तरण गर्न तथा आनुवंशिक निर्देशनहरू परिवर्तन गर्न दिन्छ । चिकित्सक तथा वैज्ञानिक सम्मिलित एक टोलीले यो उपकरणलाई नयाँ प्रकारको टी–सेल बनाई अलिसाको क्यान्सरग्रस्त टी–सेललाई सिकार गर्न र मार्नका लागि प्रयोग गर्‍यो । टोलीले सुरुमा दाताले दिएका स्वस्थ टी–सेलको प्रयोग गरे र त्यस्ता सेललाई परिमार्जन गर्नका लागि आधार तयार पारे। पहिलो बेस एडिटिङले टी–सेललाई लक्षित गर्ने संयन्त्रलाई असक्षम बनाइदिएपछि अलिसाको शरीरमा आक्रमण गर्न सकेनन्। दोस्रो बेस एडिटिङले टी–सेलहरूमा हुने रासायनिक चिह्न ‘सीडी–७’ हटाइदियो । तेस्रो बेस एडिटिङले भने किमोथेरापीबाट सेललाई मर्नबाट बचाएको थियो। आनुवंशिक परिमार्जनको अन्तिम चरणले ‘सीडी–७’ चिह्न लगाइएका जुनसुकै कुराको खोजी गर्न र उनको शरीरका क्यान्सर भएकासहित प्रत्येक टी–सेललाई नष्ट गर्न निर्देशन दियो । शरीरका क्यान्सरयुक्त टी–सेललाई नष्ट गरेपछि अलिसालाई नै असर गर्न नदिन भने उक्त चिह्नलाई थेरापीबाट हटाइयो । अब थेरापीले काम गरेको खण्डमा अलिसाको प्रतिरक्षा प्रणाली नयाँ टी–सेलसहित दोस्रो बोनम्यारो प्रत्यारोपणसँगै पुनर्निर्माण हुनेछ। एजेन्सी