२०८१ मंसिर १४ , शुक्रवार

कामना सेवाविकास बैंक र जोड इनिस्येटिभ बीच दृष्टिविभिनहरु लाई ट्रेनिङ्ग दिनका लागि सम्झौता

सुनाखरी न्युज/ काठमाडौं । कामना सेवाविकास बैंक लिमिटेड र जोड इनिस्येटिभ बीच दृष्टिविहिनहरुलाई ट्रेनिङ्गदिनका लागि सम्झौता सम्पन्न भएको छ ।

 

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दृष्टिविहिनहरु लाई आधारभूत कम्प्युटर ट्रेनिङ्गदिनका लागि जोड इनिस्येटिभ सँग मिति २०७९ साल मङ्सिर २१ गते बुधबार एक कार्यक्रममा सम्झैता गरेको छ । यस सम्झौता पश्चातकामना सेवा विकास बैंकले दृष्टिविहिन विद्यार्थीहरुलाई आधारभूत कम्प्युटर ट्रेनिङ्गप्रदान गर्न आर्थिक सहयोग गर्ने छ । साथै बैंकले दृष्टिविहिनहरु लाई लक्षितगरि ल्याइएको स्वभिमान बचत खाता समेत खोलिदिने छ ।

 

सम्झौता कार्यक्रममा बैंकका तर्फबाट ब्रान्डिङ्ग प्रबन्ध श्रष्टिना मानन्धर र जोड इनिस्येटिभका संस्थापक सौरभ तिवारीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । यसै सँगै आगामीदिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने प्रतिबद्धता बैंकले लिएको छ ।