२०८१ आश्विन ६ , आइतवार

झरना थापाको ‘भगवत् गीता’को अभिनेता धीरज मगर

सुनाखरी न्युज/ काठमाडौं । झरना थापाको नयाँ फिल्म ‘भगवत् गीता’को मुख्य अभिनेतामा धीरज मगर अनुबन्धित भएका छन् । पुस २० गतेदेखि छायांकन सुरु हुने फिल्मलाई झरनाले निर्देशन गर्नेछिन् ।

 

निर्माण कम्पनी र अभिनेता मगरबीच शनिबार लिखित सम्झौता भएको हो । फिल्ममा धीरजको अपोजिटमा सुहाना थापा हुनेछिन् । यी दुईबीच अनस्क्रिन रोमान्स हुनेछ । यो लभस्टोरी फिल्मको छायांकन जनकपुर र मनाङमा हुने भएको छ । सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्मका बाँकी कलाकार एक सातामा तय हुने भएका छन् । पुस २ गतेदेखि धीरज र सुहानाले कार्यशालामा भाग लिनेछन् ।

यसअघि नै धीरजलाई फिल्ममा लिन निर्माता र उनीबीच पटकपटक मिटिङ भएको थियो । धीरजले ५० लाख रुपैयाँ पारिश्रमिक मागेपछि उनलाई नलिने कुरा निर्माताले गरेका थिए ।