२०८१ पुष २८ , आइतवार

स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३६ औं वार्षिक साधारण सभा सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको ३६ औं वार्षिक साधारण सभा, आजआर्मी अफिसर्स क्लब भद्रकालीमा बैंकका अध्यक्ष जरिन दारुवालाको अध्यक्षतामा सफलताूर्वक सम्पन्न भएको छ ।

 

आर्थिक वर्ष २०२१÷२२ मास्ट्याण्डर्ड चार्टर्डले संचालन मुनाफा र खुद मुनाफा क्रमशः ३.२४ बिलियन रुपैयाँ र २.२६बिलियन रुपैयाँआर्जन गर्न सफल भएको छ । आर्थिक वर्ष २०२१÷२२को अन्त्यमा बैंकले जोखिम व्यवस्थापनतर्फ ९१ बिलियन पु¥याउनगतवर्षको तुलनामा २४.८ प्रतिशतको बढोत्तरी हासिल गरेको छ । यसैगरी बचत ९१ बिलियन पु¥याउननिक्षेपमा ६.२ प्रतिशतको वृद्धिदर हासिलगरेको छ ।संचालक समितिले प्रस्ताव गरे बमोजिम साधारण सभाबाट आर्थिक वर्ष २०२१÷२२को लागि शेयरधनीहरुलाई २०२२ जुलाई १६ मा भए अनुसार चुक्तापुँजीको १६.५१ प्रतिशत नगद लाभाँशवितरण प्रस्तावपारित गरेको छ । बैंकका अध्यक्ष दारुवालाले समस्त लगानीकर्ताहरु ग्राहकवर्गहरु, नियामक निकायहरु,कर्मचारीहरु र अन्य सरोकारवालाहरुलाई उनीहरुबाट प्राप्तनिरन्तर साथ समर्थनका लागि धन्यवाद व्यक्त गर्नु भएको थियो ।

 

वहाँले अगाडी भन्नु भयो “गतआवभरी बाह्य अवस्थाहरु निरन्तर ओरालो लागी रहँदा पनि हामीले संधै बदलिंदो धरातललाई गतिशीलताका साथ ग्रहण गरिरह्यौं । हाम्रो व्यवस्थापन समुह र नेपालमा रहेका कर्मचारीहरुले चुनौतीहरुलाई बावजुदएक बैंकका रुपमा एकजुट भएर उदाहरणीय सामूहिक भावना प्रदर्शन गरेका छन् ।हाम्रा सहकर्मीहरुको लगनशीलता र सामूहिकप्रयासलहामीलाई शेयरधनीहरुको हितमाकामगर्न, ग्राहकहरुको अनुभवविस्तार गर्न र हाम्रा सहकर्मीहरु, ग्राहकहरु र हामीले सञ्चालनगर्ने समुदायहरुको कल्याण सुनिश्चित् गर्न हाम्रो ध्यान केन्द्रितगर्नमा मद्दत पु¥याएको छ ।”

 

 

साधारण सभाले अविनाश अग्रवाललाई साधारण शेयर सदस्यहरुबाट नयाँ सञ्चालक सदस्यमा नियुक्त गरेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडमा स्ट्याण्डर्ड चार्टर्ड समुहको ७०.२१ प्रतिशत र सर्व साधारणको २९.७९ प्रतिशत शेयर रहेको छ ।