२०८१ पुष १३ , शनिवार

विश्वकपको गोल्डेन बुटको रेसमा को अगाडि ?

सुनाखरी न्युज / दोहा –  कतारमा जारी फिफा विश्वकपको २२औं संस्करणमा गोल्डेन बुटको दौड जारी छ । समूह चरणका खेल सकिँदा किलियान एम्बाप्पे, इनर भ्यालेन्सिया, कोडी गाक्पो, अल्भारो मोराटा, मार्कस रासफार्डले तीन गोलसहित दौडको लिड गरिरहेका छन्। कतारमा जारी फिफा विश्वकप २०२२ को क्वाटरफाइनलको समिकरण पूरा भइसकेको छ । ६४ मध्ये ५६ खेल समाप्त भइसक्दा अब अन्तिम ८ खेलमा प्रतिस्पर्धा हुन बाँकी छ ।अब ८ खेल मात्रै बाँकी हुँदा गोल्डेन बुटको दौड पनि रोमाञ्चक बनेको छ ।

 

फ्रान्सका फरवार्ड केलियन एमबाप्पे गोल्डेन बुट जित्ने दौडमा सबैभन्दा अघि रहँदा उनले ९ खेलाडीलाई दुई गोलले पछि पारेका छन् । त्यसमध्ये दुई खेलाडी यस विश्वकपबाट बाहिरिसकेका छन् ।हरेक विश्वकपमा सर्वाधिक गोलकर्तालाई गोल्डन बुटबाट सम्मानित गरिन्छ । यदि दुई वा सोभन्दा खेलाडीको गोलको संख्या समान भएको भने पेनाल्टी बाहेकको गोललाई मान्यता दिएर गोल्डन बल प्रदान गरिन्छ ।

 

त्यति हुँदा पनि गोल संख्या समान भयो भने धेरै एसिस्ट गर्ने खेलाडीलाई गोल्डन बुट प्रदान गरिन्छ । गोल्डन बुट दिने चलन सन् १९८२ को विश्वकपदेखि सुरु भएको हो ।हालसम्मका सर्वाधिक गोलकर्ताको सूची यस्तो छः

१। इनर भ्यालेन्सिया (इक्वेडर) ३ गोल
२। किलियान एम्बाप्पे (फ्रान्स) ३ गोल
३। कोडी गाक्पो (नेदरल्यान्ड्स) ३ गोल
४। अल्भारो मोराटा ( स्पेन )  ३ गोल
५। मार्कस रासफोर्ड ( इङ्ल्यान्ड )  ३ गोल
६। फेरान टोरेस ( स्पेन ) २ गोल
७। मेहेदी तारेमी ( इरान)  २ गोल
८। ओलिभर जिरुड (फ्रान्स) २ गोल
९। रिचार्लिसन ( ब्राजिल ) २ गोल
१०। लियोनेल मेसी ( अर्जेन्टिना )   २ गोल

यसबाहेक १३ खेलाडीले दुई–दुई गोल गरेका छन्।